चिनियाँ राजदूतकाे अभिव्यक्ति कुटनैतिक मर्यादा विपरित : डा. काेइराला

डिसी नेपाल
२४ भदौ २०८० १०:३०
144
Shares

काठमाडाैं। नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक काेइरालाले चिनियाँ राजदूत चेङ्ग साेङले केही दिन अगाडि दिएकाे अभिव्यक्ति कुटनैतिक मर्यादा विपरित भएकाे बताएका छन्।

नेपाल प्रेस युनियन रामेछापले आयाेजना गरेकाे पत्रकार सम्मेलनमा उनले चिनियाँ राजदूतकाे अभिव्यक्तिलाई सरकारले नाेटिसमा राख्नपर्ने बताए।

काेइरालाले चीन र भारत दुवै मित्र भएकाले काठमाडौमा रहेर एकले अर्काकाे बारेमा टिप्पणी गर्नु कुटनैतिक मर्यादा विपरित हुने बताए। उनले नेपाली कांग्रेसमा चरमगुटबन्दी भएकाका कारण समस्या भएकाे बताउदै कांग्रेसकाे गुटबन्दी राेक्न सक्ने सामथ्र्य आफूले मात्र राख्ने बताए।

उनले गुटगत विभाजन राेक्न नसके कांग्रेस अझै ठूलाे समस्यामा पर्ने बताए। उनले आफू वर्षात् सकिए लगतै देश दाैडाहमा जाने भन्दै आम कार्यकर्ताले कांग्रेस कस्ताे भएकाे हेर्न चाहन्छन् भनेर बुझ्ने बताए।

डा. काेइरालाले राजनीतिक मुद्दालाई अदालतमा लैजानु गलत भएकाे भन्दै काेशी प्रदेशमा सबै दलहरू मिल्नुकाे विकलप नभएकाे स्पष्ट पारे। उनले सरकारले कृषिमा वजेट नबढाएसम्म मुलुकमा समृद्धि नआउने बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *