कोशी प्रदेशमा कांग्रेसको साथ लिन सम्वाद भइरहेको छ : ज्ञवाली
काठमाडाैं। नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले कोशी प्रदेशमा कांग्रेसको साथ लिन सम्वाद भइरहेको बताएका छन्।
आइतबार सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाउनुभएको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै ज्ञवालीले कोशी प्रदेशमा कांग्रेसले जिम्मेवार भूमिका खेलोस् भन्ने एमालेको चाहना रहेको भन्दै सम्बाद भइरहेको बताएका हुन्।
अहिले प्रारम्भिक चरणको छलफलमा केही संकेत प्राप्त नभएपनि प्रदेशको हितका लागि कांग्रेसले साथ दिन उचित हुने उनको भनाइ छ। ज्ञवालीले कोशीमा गठबन्धनले पटक पटक संविधान मिच्दा अहिलेको अवस्था आएको र प्रदेशप्रति जनताको वितृष्णा जाग्ने देखिएको धारणा राखे।
कोशीमा मध्यावधिमा जाने र जनताको वितृष्णा बढाउने काम गर्न नहुने भएकाले कांग्रेसले जिम्मेवार भूमिका खेल्नुपर्ने उनको भनाइ छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment