उपप्रधान तथा रक्षामन्त्री खड्का अस्पतालबाट डिस्चार्ज

डिसी नेपाल
२४ भदौ २०८० १९:४७
100
Shares

काठमाडौं। उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का अस्पतालबाट ‘डिस्चार्ज’भएका छन्। स्वास्थमा समस्या देखिएपछि खड्का भदौ १३ गते छाउनीस्थित नेपाली सेनाको वीरेन्द्र अस्पतालमा भर्ना भएका थिए।

सोही दिन उक्त अस्पतालका कमान्डान्ट प्राविधिक सहायक रथी प्राडा भरतबहादुर भण्डारीको नेतृत्वको चिकित्सक टोलीले खड्काको ‘प्रोस्टेट (बिपिएच)’ शल्यक्रिया गरेको अस्पतालले जनाएको छ।

शल्यक्रियापश्चात् स्वास्थ्य लाभका लागि अस्पतालमा रहेका उपप्रधान तथा रक्षामन्त्री खड्का आइतबार साढे ३ बजे अस्पतालबाट डिस्चार्ज भएको वीरेन्द्र अस्पतालले जनाएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *