पूर्व राष्ट्रपति यादवको स्वास्थ्य अवस्था बुझ्न वीर अस्पतालमा पुगे स्वास्थ्यमन्त्री बस्नेत

डिसी नेपाल
२४ भदौ २०८० २१:२७
940
Shares

काठमाडौं। वीर अस्पतालमा उपचाररत पूर्व राष्ट्रपति डा रामवरण यादवलाई स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले भेट गरेका छन्। भेटका क्रममा मन्त्री बस्नेतले पूर्व राष्ट्रपति यादवको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन्।

मन्त्री बस्नेतले पूर्व राष्ट्रपति यादवसहित वीर अस्पतालमा नै उपचाररत तीन जना भिआइपीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिँदै स्वास्थ्य लाभको कामना गरेको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्राडा भुपेन्द्र बस्नेतले जानकारी दिए।

पूर्वराष्ट्रपति यादवलाई उच्च रक्तचाप, मधुमेह तथा ब्याक पेनसम्बन्धी समस्या देखिएपछि वीर अस्पताल भर्ना भएका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *