एनआरएनएको कार्यक्रममा सबै नेपाली जातिलाई जोड्न माग

डिसी नेपाल
२५ भदौ २०८० ६:५०

ओहायो। नेपाली र नेपालीभाषी विभिन्न समुदायका स्थानीय संघ संस्थाहरुको सहभागिता र आतिथ्यमा गैरआवासीय नेपाली संघ, ओहायो च्याप्टरको शपथ ग्रहण सम्पन्न भएको छ।

समाजसेवी चिकित्सक डा.दामोदर पौडेलले पानसमा बत्ती बालेर उद्घाटन गरेको सो कार्यक्रममा संसारभरका नेपालीभाषी समुदायलाई नेपालले चिन्न सक्नुपर्ने कुरा उठाइएको थियो।

प्रमुख अतिथि डा.पौडेलले नवनिर्वाचित कार्यसमितिलाई बधाइ दिँदै विभिन्न देशबाट ओहायोमा बसोबास गर्न आएका सबै नेपाली मूलका नेपालीभाषी समुदायलाई गैरआवासीय नेपाली संघमा आबद्ध गर्न ओहायो च्याप्टरले मुख्य भूमिका खेल्नु पर्ने धारणा राखेका थिए।

उनले संसारको जुन कुनामा बसे पनि नेपाली जातिका नागरिक नेपालसंग जोडिनुपर्ने र यो जातीय पहिचानको लागिमात्र होइन नेपालको समेत हितमा रहेको धारणा राखेका थिए।

ओहायो च्याप्टरका नवनिर्वाचित अध्यक्ष होताराम विश्वकर्माको सभापतित्वमा शनिवार भएको सो कार्यक्रममा ओहायोस्थित भुटानी नेपाली समुदायमा रिपल्किन पार्टीको नेतृत्व गरिरहेका काशीनाथ अधिकारीले नेपाल सरकारले भुट्निज नेपाली समाजलाई हेर्ने दृष्टिकोण प्रबासमा बस्ने नेपाली सरह हुनुपर्छ भन्दै भुट्निजहरूले पनि एनआरएनको मान्यता पाउनु पर्ने जिकिर गरेका थिए।

कार्यक्रममा एशोसिएसन अफ तराइयन इन अमेरिका(एन्टा) की अध्यक्ष डा.मृदुला गुप्ता, सेन्ट्रल ओहायो नेपाली एशोसिएसनका अध्यक्ष आनन्द तिवारी र ओहायो च्याप्टरका पूर्व सचिव डा.अच्युत अधिारी, नवनिर्वाचित उपाध्यक्ष भिषण अधिकारीले पनि आआफ्नो धारणा राखेका थिए।

शपथ ग्रहण कार्यक्रमपछि नेपालीहरुको महान चाड तीजका उपलक्ष्यमा विशेष कार्यक्रम गरिएको थियो। शारदा धितालले संचालन गरेको र महिला उपाध्यक्षको सभापतित्वमा भएको सो कार्यक्रममा इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाको कोलम्बस स्थित डान्स स्कूलका विद्यार्थीहरुले आकर्षक नृत्य प्रस्तुत गरेका थिए भने एक्रोन निबासी राजकुमार लोहनी र रमिला गुरूङले लोक दोहोरी गीत प्रस्तुत गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *