वडा सचिव मृतावस्थामा फेला
डडेल्धुरा। डडेल्धुरामा एक वडा सचिव मृतावस्थामा भेटिएका छन्। जिल्लाको अमरगढी नगरपालिका-१ का सचिव खगेन्द्रप्रसाद पन्त मृत फेला परेका हुन्।
५८ वर्षीय पन्तको घर बैतडीको पाटन नगरपालिका-२ हो।
अमरगढी नगरपालिकाकै स्याउले नजिक उनी खाल्डोमा मृत भेटिएका हुन्। पन्तको से५प २८०३ नम्बरको मोटरसाइकल पनि खाल्डोमै भेटिएकाले सडक दुर्घटनामा मृत्यु भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक कुसुम नायकले बताए।
पन्तको शव अहिले डडेल्धुरा अस्पतालमा लगिएको छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पन्त यस अगाडि अमरगढी-१० का सचिव थिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment