गौ हत्याको बिरोधमा राप्रपाले काठमाडौंमा प्रदर्शन गर्दै
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीले आज काठमाडौंमा प्रदर्शन गर्ने भएको छ।
गौ हत्याको बिरोधसहित राजतन्त्र पुर्नबहाली, हिन्दु राष्ट्रको माग, संघीयता खारेजीलगायतको माग राखेर काठमाडौंमा प्रदर्शन गर्न लागेको हो।
राप्रपा प्रचार बिभाग प्रमुख मोहनकुमार श्रेष्ठका अनुसार भृकुटीमण्डपमा सो प्रदर्शन गरिने छ।
साे बिराेध प्रदर्शन १२ बजेबाट सुरू हुनेछ। राप्रपाले गौ हत्या बढे पछि बिरोध स्वरूप प्रदर्शन गर्दै आएको छ । सोही क्रममा आज काठमाडौंमा प्रदर्शन गर्न लागेको हो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment