पर्वतमा ‘किङकोब्रा’ भेटियो

डिसी नेपाल
२८ भदौ २०८० १६:२६
528
Shares

पर्वत। पर्वतको कुश्मा नगरपालिका–१० पिपलटारीमा विश्वमै दुर्लभ प्रजातिको सर्प राजगोमन (किङ कोब्रा) भेटिएको छ।

चिन्नेखोला नजिकै रहेको बेलप्रसाद सुवेदीको गोठ नजिक देखिएको सर्प राजगोमन भएको पुष्टि भएपछि उद्धार सुरु गरिएको छ।

डभिजन वन कार्यालय पर्वत र पोखराबाट आएको सर्प विज्ञ टोलीले दुलोभित्र पसेको सर्पको खोजी गरिरहेको वडा नं १० का वडाध्यक्ष रामचन्द्र सुवेदीले जानकारी दिए।

यसअघि कुश्मा नगरपालिका–८ कटुवाचौपारी र वडा नं १२ ठूली पोखरीमा पनि राजगोमन भेटिएको थियो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *