सर्वोच्चका प्रस्तावित न्यायाधीश शर्माकाे संसदीय सुनुवाइ हुँदै

डिसी नेपाल
२९ भदौ २०८० ११:२९
36
Shares

काठमाडौं। सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश विनोदकुमार शर्माको संसदीय सुनुवाइ सुरु हुने भएको छ। संसदीय सुनुवाइले १० दिनको म्याद दिएर उजुरी आह्वान गरे पनि एउटा पनि उजुरी नपरेपछि सिधै सुनुवाइ हुन लागेको हो।

ओखलढुंगा घर भएका शर्मालाई यही भदौ १० गते बसेको न्याय परिषदको बैठकले न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो। १५ भदौमा बसेको सुनुवाइ समितिको बैठकले १० दिनको म्याद दिएर उजुरी आह्वान गरेको थियो।

गत वर्ष भदौमा पनि उनको नाम सिफारिस भएको थियो। त्यतिबेला संसदीय सुनुवाइ हुन नसकेका कारण उनको न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढेको थिएन । तर यही भदौ १० गते बसेको न्यायपरिषद् बैठकले उनलाई पुनः न्यायाधीशमा सिफारिस गरेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *