युरोपेली संघद्वारा टिकटकलाई ३७० मिलियन डलर जरिवाना

डिसी नेपाल
३१ भदौ २०८० १२:४०
680
Shares

काठमाडौं । युरोपियन युनियनले सामाजिक सञ्जाल प्लेटफर्म टिकटकलाई करिब ३७० मिलियन डलर जरिवाना लगाएको छ ।

यो जरिवाना टिकटकमा बच्चाहरु संग सम्बन्धित व्यक्तिगत डाटा को सही ह्यान्डल नगरेका कारण लगाइएको छ।

आयरल्याण्डको डाटा प्रोटेक्शन कमिसनले आफ्नो अनुसन्धानमा टिकटकमा बालबालिकाको खातासँग सम्बन्धित जानकारी सर्वसाधारणका लागि सार्वजनिक गरिएको पत्ता लगायो।

डाटा संरक्षण आयोगले यो चिनियाँ स्वामित्वको प्लेटफर्मको आलोचना गर्दै यहाँ १३ वर्ष भन्दा कम उमेरका बच्चाहरूले पनि सजिलैसँग आफ्नो खाता बनाउन सक्ने बताएको छ ।

टिकटकले यो निर्णयसँग असहमत रहेको जनाएको छ। कम्पनीको तर्क छ कि यसको विरुद्धमा गरिएका अधिकांश आलोचनाहरू अब सान्दर्भिक छैनन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *