रविको पार्टीमा मौलाउँदै भ्रष्टाचार

डिसी नेपाल
१ असोज २०८० ८:१०

काठमाडौँ। जसले भ्रष्टाचार गर्दिन भन्छ सबैभन्दा बढी उही भ्रष्ट देखिएको इतिहास छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘भ्रष्टाचारमा शून्य शहनशीलता’ को नारा घन्काए तर अहिलेसम्मको इतिहासकै सबैभन्दा बढी भ्रष्ट सरकार उनकै पालामा भयो।

अहिले भ्रष्टाचारीलाई कारबाही गर्ने रणनीति लिएर राजनीतिमा आएको १४ महिनामै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपामा भ्रष्टाचारका ठूला ठूला काण्डहरु बाहिर आउन थालेका छन्।

सांसद पद खुस्किएपछि राष्टिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व सांसद डा. ढाकाकुमार श्रेष्ठले सभापति रवि लामिछानेको टिमबाट पैसा उठाउने टिमको खुलासा गरेका हुन्।

आफलाई मन्त्री बनाउनका लागि भन्दैै केन्द्रीय सदस्य मोहनजंग थापाले तीन करोड रुपैयाँ रकम मागेको खुलासा गरेका हुन्। समानपातिकबाट सांसद बनेका श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको थियो। सोही अडियोका कारण उनलाई पार्टीले साधारण सदस्यसमत नरहने गरी कारबाही गरको थियो।

त्यसपछि उनको सांसद पद  पनि खुस्किएको थियो। श्रेष्ठले आफू मन्त्रीबन्न लागको तर त्यसका लागि ‘कोर टिम’ कोलागि दुई करोड चाहिने बताउँदै पैसा प्रसाईंसँग पैसा मागेको अडियो संवादमा खुलेको थियो।

सोही ‘कोर टिम’ का सदस्यमध्येको एक मोहनजंग थापाले नै आफूसँग तीन करोड रुपैयाँ मागेको श्रेष्ठको दाबी छ। गत साता उनले एक टेलिभिजनको अन्तर्वार्तामा श्रेष्ठले तीन करोड मागिए पनि साढे दुई करोडमा डिल भएका खुलाएका हुन्।

मन्त्री बाँडफाँटका बलादेखि नै थापाले आफूलाई ‘तपाईं मन्त्री बन्दै हुनुहुन्छ’ भनेको र रकम पनि त्यही क्रममा मागिएका उनले खुलाएका हुन्। ‘किन माग्नुभयो, थाहा भएन।

मलाई चाहिँ तपाईं दौरा सुरुवाल लगाएर तयार हुनुहोस्, म्याडमलाई बोलाउनुहोस्, आफन्तहरूलाई बोलाउनुहोस्, भोलि मन्त्रीको शपथ हुनेवाला छ। तपाईं रेडी हुनुहोस्, ढुक्क हुनुहोस्, तपाईं मन्त्री बनिसक्नुभयो।

तर, त्यसका लागि हामीलाई तीन करोड चाहिन्छ, पार्टीलाई सहयाग चाहिन्छ भनेर उहाँलेँ माग्नु भयो,’ श्रेष्ठले भने। मोहनजंग थापासँग कुरा भइसकेपछि उनले खटाएको मान्छेसँग साढे दुई करोडमा डिल भएको उनको भनाइ छ।

थापाले पैसा मागिसकेपछि नै आफू पैसा जुटाउनतिर लागेको उनले स्वीकार गरेका छन्। रवि लामिछानेको ‘कोर टिम’ भनेर सार्वजनिक गरिएको अडियोमध्येमा एकजना मोहनजंग थापा नै रहेको उनले बताए।

‘घण्टा घण्टामा फोन आउँथ्यो, पैसा रेडी पार्नुभयो? खै चेक ल्याइदेको? नभए तपाईको मन्त्री हुँदैन अर्को मान्छेलाई दिने हो भने,’ श्रेष्ठको भनाइ छ । सामाखुसी भित्रको कफी सपमा थापासँग भेट भएको उनले खुलाएका छन्।

उनका अनुसार त्यही भेटमा मोहनले भेटाएका मान्छेसँग नै श्रेष्ठले रकमको ’डिल’ गरेका थिए। आफूलाई मात्र कारबाही भएकाले अरूका प्रमाण पनि सार्वजजिक गरिदिने उनले चेतावनी दिएका छन्। ‘म सँग प्रमाण छ, केही समयमा निकाल्छु,’ उनले भने।

‘अझै पनि त्यो अडियोको वास्तविकता के हो भन्ने कसैलाई थाहा छैन । म पोखराको मान्छे, मुग्लिन गएर बसेँ, अनि एकछिनपछि पोखरा गएँ भनेर भन्दाखेरि कसैले त्यो अडियोलाई काटेर म मुग्लिङ गएर बसेँ मात्र राखेर अनि म पोखरा गएँ भन्ने काट्यो भने म त मुग्लिङ बसेको हुन्छ नि’, प्रसाईंसँगको अडियोबारे उनले भनेका छन्।

प्रसाईसँग एकपटक कुराकानी भएको र त्यसक्रममा आफूले मेडिकल क्षेत्रको मान्छे भएकाले सहयोगका लागि आग्रह गरेको खुलाएका छन्।

जनभावना साप्ताहिकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *