शेखर कोइराला समूहको अलग्गै बैठक बस्दै

डिसी नेपाल
२ असोज २०८० ७:५५

काठमाडौं। नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहको अलग्गै बैठक बस्दैछ। असोज ४ गतेदेखि सुरू हुने केन्द्रीय कार्यसमिति बैठकअघि कोइरालाले आफ्नो समूहको अलग्गै बैठक बोलाएका हुन्।

कोइराला निकटका अनुसार उनको सम्पर्क कार्यालय बालुवाटारमा मंगलबार दिउँसो २ बजेका लागि बैठक बोलाइएको छ। जुन बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा र प्रदीप पौडेललगायतका नेतालाइ पनि आमन्त्रण गरिएको छ।

नेताहरूका अनुसार १४ औं महाधिवेशनपछि पहिलो पटक महामन्त्री शर्मा र नेता पौडेल शेखर समूहको बैठकमा सहभागी हुने छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *