संविधानलाई व्यहारमा उतार्ने चूनौती छ : माधव कुमार नेपाल

डिसी नेपाल
३ असोज २०८० १७:२६
16
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले संविधानमा लेखिएका प्रावधानलाई व्यहारमा उतार्ने चूनौती रहेको बताएका छन् ।

बुधबार काठमाडौंमा नेपाल रिटर्नी एसोसियसनको प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले संविधानमा समाजवाद स्थापना, भेदभाव, अन्यायको अन्त्य लगाएतका सबै विषय समेटिएपनि संविधानमा लेखिएका प्रावधानलाई व्यहारमा उतार्ने चूनौती रहेको बताए ।

नेपाली विशेषताको समाजवाद स्थापनाका लागि योजनाबद्ध रुपमा अघि बढ्ने, मौलिक हक जनतामा प्रदान गर्ने कुरामा निकै समस्या देखिएको उनले बताए । अध्यक्ष नेपालले बजेटमा रोजगारी सम्बन्धीत कार्यक्रम राखे पनि वास्तविक रुपमा कार्यान्वयन हुन नसकेको धारणा राखे

उनले संविधानमा उल्लेख गरेका कुराहरुलाई व्यवहारमा लागू गर्नका लागि सरकारलाई आह्वान गर्दै सरकारका राम्रा कामलाई सदैव साथ दिने जिकिर गरे । अध्यक्ष नेपालले नेपाल रिटर्नी एसोसियसनले विदेशमा रहेका र विदेशबाट फर्किएका विवरण राखेर युवा लक्षित कार्यक्रम गर्नुपर्नेमा जोड दिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *