प्रताप दास र मिलन नेवारको ‘सक्दिन तिमी बाहेक’ गीतको भिडियो सार्वजनिक

डिसी नेपाल
५ असोज २०८० ११:३०
372
Shares

काठमाडौं। गायक प्रताप दास र गायिका मिलन नेवारको स्वरमा रहेको ‘सक्दिन तिमी बाहेक’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। गीतमा द्रिप चाम्लिङको शब्द, अर्जुन पोखरेलको संगीत छ।

राजेश पुमा राई निर्देशित भिडियोमा निराजन प्रधान र करिश्मा श्रेष्ठ फिचर्ड छन्। मुस्ताङको सुन्दर लोकेसनमा छायांकन गरिएको भिडियोमा निराजन र करिश्मालाई रोमान्टिक भावमा देखाइएको छ।

निराजन यतिबेला अष्ट्रेलियामा छन्। उनका अनुसार नेपाल आएको समयमा उनले यो भिडियोमा अभिनय गरेका हुन्।

भिडियोमा राज दोङ आरडीको सहायक निर्देशन, असिम रानाभाटको स्टाइल, अस्मिता राईको मेकअप, प्रेम रसाइलीको कोरियोग्राफी, विकास दाहालको सम्पादन, उत्सव दाहालको छायांकन र दीपेन्द्र गौतमको प्रोडक्सन छ ।

भिडियो द्रिप चाम्लिङ युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *