हामी पार्टी कब्जाको दौडमा छौं, जनता अर्कैले कब्जा गरिसके : नेता केसी

काठमाडौं। नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले कांग्रेसले पार्टी कब्जा गर्न खोजिरहेको अवस्थामा जनता अर्कैले कब्जा गरिसकेको टिप्पणी गरेका छन्।
सोमबार केन्द्रीय समितिको बैठकमा बोल्दै उनले अहिलेको निराशा र असन्तुष्टिबाट जनताले पार्टीबाट आक्रोशितमात्रै होइन विकल्प खोज्न थालिसकेको भन्दै कांग्रेसले पार्टी कब्जा गर्न खोजिरहेको अवस्थामा जनता अर्कैले कब्जा गरिसकेको बताएका हुन्।
उनले भने, ‘हामी पार्टी कब्जाको दौडमा छौं। आफ्नो आफ्नो ढंगले सभापतिजीले पनि गरिराख्नुभएको होला हामी पनि गरिराखेका छौं। तर, पार्टी हामी कब्जा गर्न खोजिरहेका छौं। जनता अर्कैले कब्जा गरिसकेका छन्। अहिलेको किसिमको निराशा र असन्तुष्टिबाट अब जनता हामीबाट आक्रोशितमात्रै होइन विकल्प खोज्न थाल्या छन् भन्ने कुरा आत्मसाथ गरौं यो पक्ष विपक्षको कुरा होइन।’
उनले सिंहदरबारमा आगो लगाउँछु भन्दा समेत लाखौंको समर्थन मिलिरहेको भन्दै समाज मनोविज्ञान अराजकतातर्फ धकेलिएको तर्क गरे।
Facebook Comment