देशलाई मिलाएर अघि बढाउनुको विकल्प छैन : रामचन्द्र पौडेल

धनुषा । राष्ट्रपति रामचन्द्र पौडेलले देशलाई मिलाएर अघि बढाउनुको विकल्प नभएको बताएका छन् । सोमबार जनकपुरधाममा आयोजित अभिनन्दन कार्यक्रममा राष्ट्रपति पौडेलले मुलुकको राष्ट्रियतालाई बलियो बनाउन देशलाई मिलाएर अघि बढाउनुको विकल्प नभएको बताएका हुन् ।
राष्ट्रियतालाई बलियो बनाएर मात्रै मुलुकलाई समृद्ध बनाउन सकिने उहाले बताउनुभयो । संघ, प्रदेश र स्थानीय तहको अधिकार नमिलेको भन्दै उनले यसलाई मिलाउन राजनीति दलहरू गम्भीर हुनुपर्ने धारणा राखे । जनताको ठूलो बलिदानबाट प्राप्त भएको सङ्घीयतालाई मजबुत बनाउन आवश्यक पर्ने कानूनको निर्माणमा ढिलाइ हुन नहुने उनले बताए ।
उनले आफूले सबै धर्म, संस्कृति तथा परम्पराप्रति उत्तिकै सम्मान गरेर पदको गरिमा बढाउने प्रयास गरेको उल्लेख गरे । कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाले राष्ट्रपति पौडेललाई जनकपुरधामबासीको तर्फबाट नागरिक अभिनन्दन गरेको थियो ।
Facebook Comment