राप्रपा नेता धुव्र बहादुर प्रधानका पिएसओद्वारा आफैंमाथि गोली प्रहार

काठमाडौं । पूर्वप्रहरी महानिरीक्षक एवं राप्रपाका नेता धुव्र बहादुर प्रधानका पिएसओका रुपमा कार्यरत नेपाल प्रहरीका सहायक निरीक्षक (असई) ले आफैंमाथि गोली प्रहार गरेका छन् ।
प्रहरी स्रोतका अनुसार महाराजञ्जस्थित निवासमा बुधबार साँझ असई लक्ष्मण चौधरीले आफैंमाथि गोली प्रहार गरेका थिए । गम्भीर घाइते भएका उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ ।
उनको उपचार जारी रहेको र अवस्था चिन्ताजनक रहेको प्रहरी स्रोतले जनाएको छ ।
प्रतिक्रिया
Facebook Comment