क्रिकेटमा विश्व कीर्तिमान कायम गरेकाेमा पूर्वराजाद्वारा खुशी व्यक्त

डिसी नेपाल
१३ असोज २०८० १५:३१
612
Shares

काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाली क्रिकेट टिमले बनाएको विश्वकीर्तिमान प्रति गर्व महशुस भएकाे बताएका छन्।

चीनमा जारी एसियाली खेलकुदमा नेपाली खेलाडीले बनाएको विश्व कीर्तिमानले नेपालीको गौरव बढाएको पनि जनाएका छन्।

‘मित्र राष्ट्र चाइनाको हाङझाउमा भएको १९ औं एसियाली खेलकुदमा नेपालले मंगोलियासँग खेलेको टी २० क्रिकेट खेलमा नेपाली क्रिकेट टीम र नेपाली खेलाडीहरूले राखेको विश्व किर्तिमानले हामीलाइ अत्यन्तै खुसी तुल्याएको छ’, राजाको सचिवालयले भनेको छ, ‘देशको राष्ट्रिय पहिचानले अनेकौं चुनौतीहरूको सामना गरिरहनु परेको समयमा क्रिकेट खेलाडीहरूले अनेकौं प्रतिकुलताको बाबजुत जुन सफलता हासिल गरेका छन, यसले नेपालको राष्ट्रिय गौरब बढाएको छ भन्ने हामीले महशुश गरेका छौं।’

वक्तव्यमा अगाडि भनिएको छ, ‘विश्व किर्तिमानहरू कायम राख्न सफल भएकोमा सबै खेलाडी मित्रहरू र नेपाली क्रिकेट टिमलाइ यो सफलताको लागि हार्दिक बधाइ तथा शुभकामना।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *