मौलिक दर्शन र दृष्टिकोण बिनाको आन्दोलन सफल हुँदैन

मंगाेलहरुले चीनमाथि आक्रमण गरे। उनीहरुले आजभन्दा करिब ७५० वर्ष अगाडि नै ३ करोड चिनियाँहरुको एकै चिहान बनाइदिएका थिए। चीनलाई ९० वर्षसम्म नियन्त्रणमा लिएर उनिहरु भन्दा सभ्य र बहुसंख्यक चिनियाँमाथि शासन गरे।

मंगाेलहरुले एकपटक मात्रै होइन पटकपटक चीनमाथि आक्रमण गरेर सताउने गर्थे। मंगाेलहरुको आक्रमणबाट बच्नको निम्तिनै ग्रेट वालकाे निर्माण गरिएको थियो। तर मंगाेल साम्राज्य एक डेढ सय वर्ष भन्दा बढी टिकेन।

समयक्रममा मंगाेलिया चीन साम्राज्यको हिस्सा बन्न पुग्यो। चीनमा वङ्सको पतन भएसँगै गणतान्त्रिक ब्यवस्था स्थापना गरियो। बाहिरी मंगाेलिया १९११ मा रुसको सहयोगमा विद्रोह गरेर स्वतन्त्र राष्ट्र बन्यो। मंगाेलियाको स्वतन्त्रता दीर्घकालीन हुन्छ भन्नेमा शंकै छ।

चीन र रुसबीच शक्ति सन्तुलन र समझदारी कायम भइन्जेल मंगाेलिया स्वतन्त्र राष्ट्र रहन्छ। यी दुई मुलुक बीचको शक्ति सन्तुलन र समझदारी बिग्रेको दिन मंगाेलिया बिलाउन सक्छ।

भित्री मंगाेलिया अझै पनि चीनको एक हिस्साको रूपमा रहेको छ। बाहिरी मंगाेलियाको जनसंख्या ३०/४० लाख जति मात्रै छ। भित्री मंगाेलियामा स्वतन्त्र मंगाेलियामा भन्दा धेरै मंगाेलहरुको बसोबास रहेको छ।

अहिले नेपालमा चलिरहेका कथित पहिचानको आन्दोलन मौलिक दर्शन र दृष्टिकोणले निर्देशित छैनन्। यी आन्दोलनहरु आयातित विचारबाट प्रदुशित भएका छन् जसले गर्दा आन्दोलनले कुनै निश्चित दिशा र गति पकड्न सकेको छैन। आन्दोलनहरु वास्तविक र न्यायिक मुद्दाबाट बहकिएका छन्।

भित्री मंगाेलियाका मंगाेलहरुले पनि बेला बेलामा स्वतन्त्रताको निम्ति आन्दोलन गर्छन्। चीनको उत्तर पश्चिम प्रान्त सिन्जियाङका मुस्लिमहरु पनि लामो समयदेखि स्वतन्त्रताको माग गर्दै आन्दोलनरत छन्। तिब्बतीहरु पनि स्वायत्तताको निम्ति आन्दोलनकै अवस्थामा छन्।

मंगाेलहरुको वीरताको इतिहास र विरासतको तुलनामा उइघुर मुस्लिम र तिब्बतीहरुको तुलना हुनै सक्दैन। तर चीन सरकार संसार जित्ने चगेज खान र कुब्ला खानका सन्तानसँग डराउँदैन।

चीन सरकार तिब्बती र उइघुरहरुसँग झस्किन्छ। कारण के हो त? मंगाेलहरुको दार्शनिक आधार शून्य छ। वैचारिक जग अत्यन्तै कमजोर छ। उता तिब्बती र उइघुरहरुसँग बलियो दर्शन छ।

सिखहरु भन्दा उत्तर पूर्वभारतका क्रिस्चियन आदिवासीहरुले गरेको हिंसात्मक आन्दोलन बढी सशक्त छ। भारत सरकारले क्रिस्चियन आदिवासीहरुको आन्दोलनलाई केटाकेटीहरुले खेलेको भाडाकुटी जस्तो मात्रै ठान्छ। तर उ सिखहरुसँग साच्चिकै त्रस्त छ।

कारण उही हो। सिखहरुसँग बलियो मौलिक दर्शन दृष्टिकोण छ। उत्तर पूर्वभारतका क्रिस्चियनहरु वैचारिक हिसाबले दरिद्र छन्।

हिटलरले अत्यन्तै सानो सङ्ख्यामा रहेका यहुदीहरुको किन खेदो गर्‍यो? उनीहरुलाई किन देख्न सकेन? किन उसले सम्पूर्ण यहुदीहरुको सफाया गर्न चाहन्थ्यो? हजारौं वर्षसम्म दमन हुँदा पनि यहुदीहरु जिउँदो जाग्दो रहन सफल भए। आफ्नो पुर्ख्यौली भूमी प्राप्त गर्न सफल भए। किन? यहुदीहरुसँग हजारौं वर्ष पुरानो जग भएको मजबुत दर्शन र विचार थियो।

१९९४ मा रुवान्डामा हुतु र तुत्सिबिच हिंसात्मक द्वन्द्व भड्कियो। हुतुहरु खाटी क्रिस्चियन हुन् भने तुत्सीहरु आम्सिक क्रिस्चियन र बढी मौलिकवादी हुन्। ९० दिनसम्म चलेको गृहयुद्धमा हुतुहरुले लाखौं तुत्सिहरुको नरसंहार गरे।

हुतुहरुलाई फ्रेन्च सरकारको समर्थन प्राप्त थियो। तर रुवाण्डाको कुल जनसंख्याको १४% जनसंख्या रहेको तुत्सिहरुले ८५% जनसंख्या भएका बहुसंख्यक हुतुहरुलाई उक्त युद्धमा पराजित गरे। राज्यसत्तामा फेरि पनि तुत्सिहरुको नियन्त्रण पुनर्स्थापना भयो।

संसारका विभिन्न मुलुकमा आदिवासीहरुले हतियार उठाएका छन्। अझै पनि विद्रोह गरिरहेकै छन्।तर कुनै पनि देशमा उनिहरुले सत्ता कब्जा गर्न सकेका छैनन्। स्वतन्त्र राष्ट्र निर्माण गर्न सकेका छैनन्। आदिवासीहरुको आन्दोलन संसारभर असफल भइरहेको छ। कुनै बेल जल, जमिन र सत्ताका मालिक आदिवासीहरु राज्यको कमारा भएका छन्।

आदिवासीहरु निडर छन्। मूर्ख छन्। मार्न र मर्न डराउँदैनन्। अन्य मुलुकका आदिवासीहरु त नेपालका आदिवासी भन्दा १० गुणा मूर्ख छन्। तर जहिल्यै हार्छन्। कहिले शासक बर्गमा बढुवा हुँदैनन्। जतासुकै आदिवासी हार्नुको कारण के हो?

यसको एक र एउटा मात्रै कारण भनेको धर्म परिवर्तन गरेर आदिवासीहरुले मौलिक दर्शन र दृष्टिकोण गुमाइसकेका छन्। लडाइँ बलले होइन विचार र दृष्टिकोणले जितिन्छ। आयातित विचार र दर्शन होइन मौलिक दर्शन र दृष्टिकोणले।

अहिले नेपालमा चलिरहेका कथित पहिचानको आन्दोलन मौलिक दर्शन र दृष्टिकोणले निर्देशित छैनन्। यी आन्दोलनहरु आयातित विचारबाट प्रदुशित भएका छन् जसले गर्दा आन्दोलनले कुनै निश्चित दिशा र गति पकड्न सकेको छैन। आन्दोलनहरु वास्तविक र न्यायिक मुद्दाबाट बहकिएका छन्।

सत्तामा पुग्ने र सत्ता चलाउने मौलिक दृष्टिकोण र दर्शनले हो। मौलिक दर्शन र विचार बिनाको आन्दोलन र विद्रोह उही उटपट्याङ र भाडाकुटी मात्रै हो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *