एमाले गण्डकी अध्यक्षमा नवराज शर्मा निर्वाचित
काठमाडौं । नेकपा एमाले गण्डकी प्रदेश प्रथम अधिवेशनबाट म्याग्दीका नवराज शर्मा अध्यक्षमा निर्वाचित भएका छन्। शर्माले अध्यक्षका अर्का प्रत्यासी लमजुङका मायानाथ अधिकारीलाई पराजित गर्दै निर्वाचित भएका हुन्।
राति अबेर प्राप्त मतपरिणम अनुसार शर्माले ५ सय ३१ मत पाउदाँ अधिकारीले ३ सय ६५ मत मात्र प्राप्त गरे। शर्मा यसअघि पनि अध्यक्ष थिए। शर्मालाई एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र अधिकारीलाई स्थायी कमिटी सदस्य खगराज अधिकारीको साथ थियो।
उपाध्यक्षमा शर्मा प्यानलकै स्याङ्जाका मिनप्रसाद गुरुङ विजयी भएका छन्। गुरुङले ५ सय ३४ मत पाउदाँ उनका प्रत्यासी नवलपुरका बाबुराम विश्वकर्माले ३ सय ६२ मत मात्र प्राप्त गरे।
त्यस्तै सचिवमा लमजुङका धनञ्जय दवाडी ५ सय २० मतका साथ विजयी भए। सचिवका अर्का उम्मेदवार कास्कीका रश्मि आचार्यले ३ सय ६७ मत प्राप्त गरी पराजित बने।
त्यसैगरी उपसचिवमा कास्कीका दामबहादुर विकले ४ सय ९९ मत लिएर निर्वाचित हुँदा उनका प्रत्यासी म्याग्दीका सन्तोष रावलले ३ सय ९७ मत ल्याए। उपसचिव महिलातर्फ पर्वतकी मञ्जु अधिकारी प्यासीले ५ सय ३१ मत ल्याएर विजयी हुँदा कास्कीकी मिना गुरुङले ३ सय ६५ मत मात्र प्राप्त गरिन्।
हिजो भएको मतदानमा कुल ९ सय ८ प्रतिनिधि मध्ये ८ सय ९६ जनाले मतदान गरेका थिए। ३३ वटा विद्युतिय मेसिनमार्फत मतदान भएको थियो। अधिवेशनमा १ सय ६२ पदका लागि ३ सय ८२ जनाको उम्मेद्वारी परेकोमा ४५ पदमा भने सर्वसम्मति भएको प्रमुख निर्वाचन अधिकृत सुरेन्द्र थापा मगरले जानकारी दिए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment