एजन्डाविहीन कांग्रेसलाई समाजमा टिक्न मुस्किल

डिसी नेपाल
२२ असोज २०८० ६:५३

काठमाडौँ । नेपालको सबैभन्दा पुरानो र सबैभन्दा ठूलो दल नेपाली कांग्रेस हो। तर यो कांग्रेसका अबका हरेक दिन चुनौतीपूर्ण रहेका छन्। किनकि कांग्रेस अहिले एजेन्डाविहीन बनेको छ।

उसका एजेन्डा पत्याउने खालका नभएपछि जनमुखी एजेन्डा ल्याएर समाजमा कसरी टिक्ने भन्नेमा कांग्रेस लागेको छ। हुन पनि कांग्रेसले २००७ सालदेखि लिएको नीति फ्लप नभएको भए पहिलो जननिर्वाचित वीपी कोइराला नेतृत्वको सरकारलाई राजा महन्देन्द्रले कू गर्नुपर्ने थिएन।

बाहिर देख्दा चिल्लो तर भित्र खोक्रो कांग्रेसको नीतिकै कारण मुलुक अहिले दिनानुदिन दुरावस्थामा रहेको छ। त्यसलै पनि कांग्रेस अब समाजमा कसरी टिक्ने भन्ने नीति बनाउनका लागि कम्मर कसर लागेको छ।

तर यो गम्भीरतालाई नतेत्वले कहिल्यै नलिएकै कारण आज मलुककै जेठो ठूलो दलको कारण मुलुक धरासायी भएको छ। गरिबी दिनानु दिन बढ्दो छ। नपालीको टाउकोमा ऋणको भार छ।

अब भने लाजकाज ढाक्नका लागि भए पनि कांग्रेसले आसन्न महासमिति बैठकमा मूलधारका परम्परागत राजनीतिक दलप्रति बढिरहेको सामाजिक चुनौतीलाई केन्द्रमा राखेर छलफल गर्ने भएको छ।

राजनीतिक बेथिति र कुशासनले सत्ताप्रति जनआक्रोश बढिरहेको भन्दै नेताहरूले राजनीतिक स्थिरता दिन संविधान संशोधनदेखि भ्रष्टाचार, चुनावी गठबन्धन, सरकार समीकरण र पार्टी संगठनलगायत विषयलाई मुद्दा बनाउन खोजिरहेका छन्।

कतिपय नताहरूले वीपीकालीन विचारलाई महासमितिले पुनः व्याख्या गर्नु पर्नेे मागसमेत अघि सारेका छन्। पार्टीकोे वैचारिक कार्यदिशा तय गर्ने उद्देश्यका साथ कांग्रेसले नीति महाधिवेशनको रूपमा मंसिर १३-१५ गत राजधानीमा महासमिति बैठक बालाएको छ।

झन्डै साढे दुई हजार सदस्य सहभागीुने महासमितिमा उपसभापति पूर्णबहादुर खड्काले नीतिगत, महामन्त्री गगन थापाले सांगठनिक र अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक मुद्दा समेटेर प्रतिवेदन प्रस्तुत गर्नेछन्।

महासमिति सदस्यहरूले सरकारको स्थिरताका लागि निर्वाचन प्रणाली संशोधन, क्रियाशील सदस्यताबाटै पार्टी सभापति निर्वाचित, प्रदेश र स्थानीय संरचनालाई अधिकारसम्पन्न बनाउनुपर्ने मुद्दा अघि सार्ने तयारी गरिरहेका छन्।

पार्टीभित्रको एउटा समूह संविधानबाट धर्म निरपेक्षता हटाएर धार्मिक स्वतन्त्रता राख्न संविधान संशोधनको माग उठाइरहेको छ। यो मुद्दालाई अब कडा ढंगले प्रस्तुत भएर राखिने भएको स्रोतले बताएको छ।

माओवादीले रोपेको धर्म र जातीयताको अफिमको खेती फस्टाउँदै जाँदा अहिले नेपालमा धार्मिक र जातीयताको लडाइँ हुने खतरा बढेको छ। यही सरोफेरोमा कांग्रेसले धर्मलाई अफिम बनाउन नहने लक्ष्य लिएर पहिलेको सोचलाई निरन्तरता दिनै पर्ने बताइरहेको छ।

मुलुकलाई विश्वको एकमात्र हिन्दूू राज्यका रुपमा स्थापित गरेर सबै धमावलम्बीलाई समान अवसर दिनका लागि कांग्रेसका नेताहरु लागिरहेका छन्। कांग्रेसभित्रका केही नेताहरुले गणतन्त्र धेरै गन्हाएको भन्दै अब मुलुकमा अब राजतन्त्र किन नल्याउने भनेर पनि गाइँगुँइ गरेको सुनिन्छ।

पछिल्लो समय कांग्रेसका धेरै नेताले सुशासन र जनजीविकाका विषय जोडेर सरकारको नेतृत्वको विषयलाई मुद्दा बनाइरहेका छन्। मुख्यतः महामन्त्री थापालगायत संस्थापन इतरपक्षका नेताले गठबन्धन परिवर्तन गर्नुपर्नेदेखि मन्त्रीलाई फिर्ता बोलाएर सरकार बाहिरबाट समर्थन गर्नुपर्ने माग गर्न थालेका छन् ।

सरकारको नेतृत्व माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरे पनि गठबन्धनको मुख्य घटक भएकाले सरकारका गतिविधिले सबैभन्दा बढी कांग्रेसलाई क्षति पु¥याएको उनीहरूको ठम्याइ छ । सुशासनको नाममा भ्रष्टाचार कान्डका फाइल अघि बढाउने र सत्ताको मोलमोलाइमा पुगेर टुंग्याउने गरेको भन्दै कांग्रेसको ठूलो पंक्तिले पार्टी नेतृत्वसँग पनि प्रश्न गर्दै आएको छ ।

अब पनि विचार नमिल्नेसँग कांग्रेस लाग्छ कि एक्लै सरकारको नेतृत्व गर्छ भन्ने प्रश्न टड्कारो रहेको छ । यही गतिमा जाने हो भने २०८४ को निर्वाचनमा कांग्रेस पहिलो हैन तेस्रो वा चौथो पार्टी बन्न सक्ने अड्कलसमेत गरिएको छ । जनभावना सामप्ताहिकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *