नयाँ बसपार्कमा अग्रिम टिकट लिनेको भीड (फोटोफिचर)
काठमाडौं। आजदेखि दशैंलाई लक्षित गरेर सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ खुला भएको छ।
पुरानै भाडादर कायम गरेर अग्रिम टिकट बुकिङ खुलेको हो। अघिल्ला वर्षमा दशैं सुरु हुनुभन्दा झण्डै एक महिना अगाडि नै लामो तथा मध्यम दूरीमा जाने सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ खुलाउने गरे पनि यस वर्ष भने ढिलाई भएको हो।

यातायात व्यवसायीले गाडि भाडा नबढाए बुकिङ नखोल्ने अडान राखेपछि अग्रिम टिकट बुकिङ खुल्न ढिला भएको हो।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा शुक्रबार मन्त्री प्रकाश ज्वाला, यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच शुक्रबार भएको छलफलमा २२ गते सोमबार (आजदेखि) अग्रिम टिकट बुकिङ खोल्ने निर्णय भए अनुसार आजबाट अग्रिम टिकट खुलेको हो।


No ads found for this position
प्रतिक्रिया


Facebook Comment