फिफा विश्वकप छनोटका लागि आज नेपालले लाओससँग खेल्दै

डिसी नेपाल
२५ असोज २०८० ७:४४
628
Shares

काठमाडौं। नेपालको राष्ट्रिय फुटबल टोलीले आगामी फिफा विश्वकप फुटबलका लागि आज बिहीबार लाओससँग प्रारम्भिक चरणको छनोट खेल खेल्दैछ। नेपाल र लाओसबिचको खेल बिहीबार साँझ ५ः३० बजे त्रिपुरेश्वस्थित दशरथ रंगशालामा खेलिने छ।

विश्वकप छनोटका लागि लाओसको टिम सोमबार नै नेपाल आइसकेको छ। आठ वर्षपछि घरेलु मैदानमा विश्वकप छनोट खेल्न लागेको हो। दशरथ रंगशालामा नेपालले पछिल्लो पटक सन् २०१५ मा भारतविरुद्ध विश्वकप छनोट खेलेको थियो।

उक्त खेलका लागि सम्पूर्ण तयारी गरिसकेको नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक र कप्तानले बताएका छन्। मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसेले पहिलो विश्वकप छनोट नेपालका लागि अवसर भएको बताए।

उनले खेलमा राम्रो नजिता ल्याउनका लागि शत प्रतिशत दिने प्रयास गरेको बताए। खेलका लागि राम्रो ट्रेनिङ भएको र खेलाडीहरु पनि फिट रहेको उनले बताए। त्यस्तै राष्ट्रिय टिमका कप्तान किरण चेम्जोङले पहिलो चरणको खेलका लागि अहिलेसम्मको लामो ट्रेनिङ भएको बताए। उनले विश्वकप छनोट चरणको खेललाई सफल बनाउन खेलप्रेमिहरुले साथ दिनुपर्ने उल्लेख गरे।

यस्तै लाओसका प्रशिक्षक तथा खेलाडीहरुले पनि राम्रो तयारी गरेकाले नजिता पनि राम्रै आउने दावी गरेका छन्। लाओससँगको खेलमा विजयी भएमा नेपाल विश्वकम छनौटको दोस्रो चरणमा प्रवेश गर्ने छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *