सिताराम पोखरेलको ‘चित्त दुख्छ रे उनैको’ सार्वजनिक (भिडियो)
काठमाडौं। ‘चित्त दुख्छ रे उनैको’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा वरिष्ठ गायक सिताराम पोखरेलको सुमधुर स्वर रहेको छ। मुनाल शिशिर कोइरालाको शब्दमा रहेको यस गीतलाई सागर सरद अधिकारीले संगीतवद्द गरेका हुन्। संजय श्रीपालको गीतमा संगीत संयोजन रहेको छ।

वैवाहिक सम्बन्धमा हुने सानो तिनो झगडा या मनमुटावको कथामा आधारित यस गीतको म्युजिक भिडियोमा स्वयम् गायक पोखरेल र उषा उप्रेतीको अभिनय रहेको छ।

सुजन श्रेष्ठले छायाँकन गरेको गीतको भिडियोलाई शिलन लम्सालले सम्पादन गरेका हुन्। नबिन बिष्ट सहायक निर्देशक रहेको यस गीतको भिडियोलाई मुनाल शिशिर कोइरालाको निर्देशनमा तयार पारिएको हो।

भिडियो ‘ओएस आर डिजिटल’ नामक युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो। ‘आँखाको नानी हौ तिमी’ बोलको गीत गाएर चर्चामा आएका गायक पोखरेलले २ सयभन्दा भन्दा बढी गीतमा स्वर दिइसकेका छन् । उनका दर्जन बढी एल्बम सार्वजनिक भैसकेका छन् तीमध्ये दर्जनौँ हिट छन् । गायक पोखरेल थुप्रै अवार्ड बाट समेत सम्मानित छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment