दसैं घरमा यसरी राखियो जमरा (तस्वीरहरु)

डिसी नेपाल
२८ असोज २०८० १३:०६
300
Shares

काठमाडाैं। यस वर्षको वडा दशैं आइतबारबाट सुरु भएको छ। नवरात्रको पहिलो दिन घरघरमा देवी दुर्गाको प्रतीमा स्थापना गरी घटस्थापना गरिएको छ।

यसै क्रममा काठमाडौंको हुनमान ढोकास्थित दसैं घरमा पनि विधिवत रुपमा घटस्थापना गरिएको छ। विधिवत् मन्त्रोच्चारणसहित घटस्थापनाको शुभ साइत ११ बजेर २९ मिनेटको साइतमा जमरा राखिएको हो।

सो अवसरमा नेपाली सेनाले मंगल धुन बजाएको थियो भने बन्दुक पड्काएर बढ्याइँ गरिएको थियो। बिहानै नित्यकर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याइ गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दसैँ घरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौ रोप्ने गरिएको मूल पुजारी सागर खरेलले जानकारी दिए।

यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ। यव अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले यव रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा लगाइन्छ। बडा दसैँ आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *