मायुलको ‘आन्टीकी छोरी’ दर्शकलाई दसैं उपहार

डिसी नेपाल
२९ असोज २०८० १०:५८
92
Shares

काठमाडाैं। गायक मायुल दुलालले ‘आन्टीकी छोरी’ बोलको गीत सार्वजनिक गरेका छन्। आर एन्ड बी शैलीको गीतमा एञ्जल राईले गायक दुलाललाई अभिनयमा साथ दिएकी छन्।

कार्टुन क्रुजको टिममा देखिँदै आएकी एञ्जल सामाजिक सञ्जालमा चर्चित छिन्। आन्टीको मुख्य पात्रमा लक्ष्मी जोशीले अभिनय गरेकी छिन्। उनलाई अमिका क्षेत्रीले साथ दिएकी छन्।

घटस्थापनाको दिन सार्वजनिक गीतको लेखक र संगीतकार समेत उनी आफै हुन्। मायुलको यो पहिलो सार्वजनिक गीत हो। बहुचर्चित लोकदोहोरी गीत ‘झम्के फुली’, ‘दमौलीमा गेट’, ‘चागुँ नारायण थान’, ‘कोठी गालैमा’ जस्ता लोकप्रिय गीतका गायक घमेश दुलाल मायुलका बुबा हुन्।

गायिका सुनिता सुनिता दुलाल उनको फुपु हुन्। पारिवारिक वातावरण लोक गीतसंगीतमय भएपनि उनको झुकाव भने र्‍याप, आर एन्ड बी, एस्थेटिकमा छ। यसो किन त? सुरु-सुरुमा लोकगीत गाउन मन भएपनि आफ्नो स्वर अन्य विधाका गीतका लागि उपयुक्त हुने ठानेको उनी बताउँछन्।

राइज मिडिया नेटवर्कको प्रस्तुति आन्टीकी छोरीको कार्यकारी निर्देशक सुब्रत आचार्य हुन्। भिडियोलाई साइब्रत आचार्यले निर्देशन गरेका हुन्। दिनेश पराजुलीले छायांकन गरेको भिडियोको सम्पादन सिमोन लामा (किरण), कलर बिजेश पौडेल र कोरियोग्राफी सम्पन्नता विन्दिकारले गरेकी हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *