हिन्दू र बौद्ध दुवै समुदायको लागि पूजनीय मन्दिर ‘गुहृयश्वरी’ (फोटोफिचर)
काठमाडौं। काठमाडौं उपत्यकामा अवस्थित एक प्रसिद्ध धार्मिक स्थल मध्येको एक हो गुहृयश्वरी मन्दिर। बागमती नदीको दक्षिणी किनारामा रहेको यो मन्दिरमा सतिदेवीको गुहृय पतन भएको ठाउँमा उत्पन्न भएकी देवी हुनाले गुहृयेश्वरी नाम रहन गएको विश्वास गरिन्छ।
घटस्थापनादेखि नै गुहृयश्वरीमा विशेष पूजा आराधना गरिन्छ। यहाँ देवीहरूको कुनै मूर्ति छैन। सतीदेवीको गुहृय पतन भएको स्थानमा मन्दिरको गर्भगृह छ। त्यहाँ एउटा सानो प्वाल मात्र छ जहा चाँदीको कलशले ढाकिएको मन्दिरभित्रको जलपूर्ण कुण्डलाई श्रद्धालुहरू देवीको रूपमा पूजा गर्ने गर्दछन्।
चारैतिर पाटीपौवाहरुले घेरिएको मण्डप शैलीमा शलेशमन्तक बनसंगै बागमती नदीको दक्षिणतटमा निर्मित यो भगवान शिवको सहाधरमिनी सतिदेवी (पार्वती) को मन्दिर भएको मानिन्छ।
तान्त्रिक बौद्ध परम्पराअनुसार गुहेश्वरीको पूजा अर्चना गरिने हुँदा यो स्थल हिन्दू र बौद्ध दुवै समुदायको लागि पूजनीय मानिन्छन।
हेर्नुहोस् तस्बिर:












No ads found for this position

डिसी नेपाल
Facebook Comment