दशैं मनाउन काठमाडौं छोड्नेको भीड (फाेटाेफिचर)

डिसी नेपाल
१ कार्तिक २०८० १२:११

काठमाडाैं। नेपालीहरुको महान् पर्व दशैँ मनाउनका लागि चार लाख भन्दा बढी उपत्यकाबाट बाहिरिएका छन्। घटस्थापनादेखि नै अधिकांश विद्यालय, कलेज र संघ संस्था बन्द भएपछि दशैं मनाउनका लागि सर्वसाधारणहरु उपत्यकाबाट बाहिरिएका हुुन्।

ट्राफिक प्रहरीले उपत्यका बाहिरिने यात्रुको सहजताका लागि काठमाडौँ उपत्यकाभित्रका १५ स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गरेको छ। काठमाडौंको गंगबु, कोटेश्वर, कलंकी लगाएतका स्थानमा समेत घर जाने यात्रुको भीड लागेको छ।

सरकारले दशैंको यातायात व्यवस्थापनलाई सहज बनाउनका लागि देशैभरका सार्वजनिक सवारी साधनमा रुट परमिटसमेत खुला गरिसकेको छ। अहिलेको अवस्था हेर्दा विगतका वर्षभन्दा धेरै यात्रुहरु बाहिरिने अनुमान रहेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *