गायिका गीता पाण्डे र गायक सुवास तिमल्सिनाले ल्याए दशैं तिहार गीत ‘दशैं आयो तिहारै आयो’

डिसी नेपाल
१ कार्तिक २०८० १४:३१
136
Shares

काठमाडौँ। गायिका गीता पाण्डे र गायक सुवास तिमल्सिनाको स्वर रहेको ‘दशैं आयो तिहारै आयो’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। जसमा गीतकार रमेश दहालका शब्द, राजेन्द्र बजगाइको सङ्गीत तथा मनोज परियारको एरेन्ज रहेको छ।

दशैं तथा तिहार पर्वमा नेपाली युवाहरुको खुशीको अवस्थालाई निर्देशक पुजा ठकुरीले कलात्मक शैलीमा भिडियोमा देखाएकी छिन्। भिडियोको छायांकन राम केसी,सम्पादन विनोद बम भने कोरियोग्राफ अनिल राईले गरेका हुन्।

भिडियोमा दिक्पाल कार्की,जुना कार्की लगायत अन्य यस गीत सँग आबद्धको पनि पहिलो पल्ट अभिनय देख्न सकिन्छ।

गायिकमा आफ्नो सक्रियता बढाइरहेका गायिका पाण्डेले अहिलेसम्म दुई दर्जन बढी गीतहरू रेकर्ड गराइसकेकी छिन् अन्य नयाँ गीतहरू रिलिजको क्रममा रहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *