प्रेसर कुकर प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

डिसी नेपाल
१ कार्तिक २०८० १९:३६
348
Shares

उदयपुर । उदयपुरमा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन्।

उदयपुरगढी गाउँपालिका–७ नागबेली बस्ने ३१ वर्षीय सन्तोष भन्ने पिटर राईले आफ्नै श्रीमतीलाई हत्या गरेकोमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका राईले  मंगलबार राति २९ वर्षीया श्रीमती  छविमाया राईलाई खाना पकाउने प्रेसर कुकर प्रहार गरी त्रियुगा नगरपालिका–५ श्रीपुरमा हत्या गरेका हुन्।

नातामा दिदी पर्नेको घरमा पाहुना लाग्न गएको बेला श्रीमतीसँग विवाद भएपछि  प्रेसरकुकर प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ।

प्रेसरकुकरको प्रहारबाट भान्सा कोठामा सुतिरहेकी छविमाया गम्भीर घाइते भएकी र उनलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *