डडेल्धुरामा बालक हत्या गरी फरार रहेका व्यक्ति पक्राउ
डडेल्धुरा । डडेल्धुरामा बालक हत्यामा संलग्न फरार प्रतिवादी पक्राउ परेका छन्।
जिल्लाको आलिताल गाउँपालिका–८ को पल्टेगुडीका गजेन्द्र बोहरालाई ८ वर्षीय छोरा भरत बोहराको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी कुसुम नायकले बताए।
फरार रहेका बोहरालाई घरबाटै असोज ३० गते पक्राउ गरिएको नायकले बताए। गत वर्ष भरतको कुटपिटबाट मृत्यु भएको थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment