मन्त्री साउद र राजदूत गोदरद्वारा श्रद्धाञ्जली अर्पण

डिसी नेपाल
५ कार्तिक २०८० १३:१९

काठमाडौं। परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र नेपालका लागि इजरायली राजदूत हानान गोदरले इजरायल युद्धमा मारिएका विद्यार्थीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

मन्त्री साउद तथा राजदूत गोदर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर इजरायलबाट आज ल्याइएका विद्यार्थी शवप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन्। गत असोज २० गते गाजास्थित हमास समूहको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो।

मृत्यु भएकामध्ये तीन जनाको शव नेपाल आइपुगेको छ भने एक जनाको शव आज दिउँसो १ बजेतिर नेपाल आइपुग्ने जनाइएको छ। बाँकी छ नेपाली विद्यार्थीको शव पहिचान गर्ने र कानुनी प्रक्रिया पूरा गर्ने क्रममा रहेको बताइएको छ।

हालसम्म दार्चुलाका लोकेन्द्रसिंह धामी र दीपेशराज विष्ट र कैलालीका नारायणप्रसाद न्यौपानेको शव नेपाल ल्याइएको छ। उनीहरुको शव नेपाली सेनाको हेलिकोप्टरमार्फत कैलालीको धनगढी लैजाने तयारी भइरहेको रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। धनगढीबाट पीडितको घरसम्म शव पुर्‍याइनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *