राष्ट्रपति पौडेलद्वारा विभिन्न शक्तिपिठको दर्शन (तस्बीरसहित)

डिसी नेपाल
५ कार्तिक २०८० १८:०२
40
Shares

काठमाडौं। बडादशैं अन्तर्गत महाअष्टमी पर्वका अवसरमा आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौंका महत्वपूर्ण शक्तिपीठको दर्शन गरेका छन्। शक्तिपिठमा दर्शनका क्रममा उनकी धर्म पत्नी प्रथम महिला सविता पाैडेल पनि सहभागी थिइन्।

राष्ट्रपति पौडेलले नक्साल भगवती, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नरदेवी, रक्तकाली, इन्द्रायणी र शोभाभगवती पुग्नुभई दर्शन गर्नुका साथै टीका र प्रसाद ग्रहण गरे।

दशैंका अवसरमा हरेक वर्ष राष्ट्र प्रमुखले उपत्यका र उपत्यका बाहिरका विभिन्न शक्तिपीठको दर्शन गर्ने परम्परा रहिआएको छ। सोही परम्परा अनुसार राष्ट्रपति पौडेल आइतबार बिहान काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका-९ स्थित पलाञ्चोक भगवती मन्दिरमा दर्शन एवं पूजाआज गरेका थिए।

बडादशैंको आठौँ दिन आइतबार मुलुकभर माता दुर्गा भवानीको पूजा आराधना गरी मनाइएको छ। काठमाडौं उपत्यकाका दक्षिणकाली, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, संकटा आदि शक्तिपीठमा पूजाअर्चना गर्ने प्रचलनअनुरुप दर्शनार्थीको घुइँचो लागेको थियो।

त्यसैगरी, राजधानी बाहिरका महत्वपूर्ण शक्तिपीठमा पनि आइतबार भगवतीको पूजाअर्चना गरिएको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *