दशैंमा सुनसान काठमाडौं (फोटो फिचर)

डिसी नेपाल
६ कार्तिक २०८० १४:०२
180
Shares

काठमाडौं। बडादशैंअन्तर्गत नवमीका दिन आज काठमाडौं उपत्यकाका सडक प्रायः सुनसान देखिएका छन्।

सडकमा सवारी साधान पातलिएका छन्। स्थानीयहरु घरघर दशैं मनाउन व्यस्त रहेका र काठमाडौं बाहिरबाट यहाँ पेसा-व्यवसाय गर्न आएकाहरु आफ्ना घर गाउँमा गएपछि सडकमा सवारी साधनको उपस्थिति कम देखिएको हो।

घटस्थापनादेखि नै मानिसहरु काठमाडौंबाट जान थालेका थिए। अघिल्लो शनिबारदेखि दैनिक एक लाखको हाराहारीमा मानिस बाहिरिएका थिए।

नवमीमा दिन अत्यावश्यकबाहेक सवारी साधन नचलाइने परम्पराका कारण पनि सडक खाली भएको हो। सडकमा निजी क्षेत्रका एकाध सवारी साधन मात्रै गुडेका देखिन्छन् भने पैदलयात्री पनि न्यून देखिन्छन्।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले अहिले उपत्यकामा सवारी चाप अति कम रहेको र ट्राफिक व्यवस्थापनको स्थिति सामान्यतः रहेको जनाएको छ। नवमीका दिन आफ्ना सवारी साधानलाई धोइपखाली गरी पूजाआजा गरिन्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *