राजा, राजा, सबैतिर राजै राजा, को छ यो हल्लाको पछि ?

डिसी नेपाल
१० कार्तिक २०८० ८:२३

काठमाडौं। कुनैबेला उनकै नेता मदन भण्डारीले टुँडिखेलबाट लल्कार्दै नारायणहिटीभित्र बस्ने संबैधानिक राजालाई यदि राजनीति नै गर्ने हो भने श्रीपेच फुकालेर आफूसँग चुनाव लड्न आउन चुनौती दिएका थिए, हिजो आज तिनै माधव नेपाल राजासँग चुनाव लड्ने हिम्मत राख्नुहुन्छरु जस्ता प्रश्नले घेरिन थालेका छन्।

त्यसबेला शक्तिशाली पार्टीका मदनपछिका नेता थिए माधव नेपाल। अहिले टुक्रा टुक्रा बनाएको एउटा कम्युनिष्ट पार्टीका शक्तिहीन अध्यक्ष छन् उनी। त्यसैले उनी राजासँग चुनाव लड्न सक्छु भनेर दह्रोसँग बोल्न पनि नसक्ने अवस्थामा छन्।

केही दशकमा परिस्थितिले अर्को मोड लिन खोजेको संकेतको एउटा सानो पाटो हो यो। दुनियाभरमा सक्रिय राजतन्त्र लगभग समाप्तितिर पुगेको, अधिकांशदेशहरु जननिर्वाचित सरकारहरुले नै शासन गरेको र लोतकतान्त्रिक शासनव्यबस्थाभित्रै विश्वका थुप्रै मुलुकहरु रमाइरहेको अवस्थामा संग्रहालयभित्र थन्क्याइसकिएको नेपालको राजतन्त्र फेरि हल्ला र चर्चामा किन छ?

नेपाललाई सन् २०२४ भित्र हिन्दू राज्य घोषणा गराइछाड्ने र त्यसको प्रभावले भारतीय हिन्दू समुदायको एकमुष्ट भोट हासिल गरेर पुन सत्तारोहण गर्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको रोडम्यापबारे नेपालका शीर्ष सबै नेता जानकार छन्।त्यसैले स्वयं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पार्टीको सचिवालय बैठकमा नेपाललाई हिन्दू राज्य बनाउँदा के फरक पर्छ र ? भन्ने प्रस्तावले प्रवेश पाउनुले पनि त्यसलाई पुष्टि गरेको छ

अहिले विभिन्न सामाजिक सञ्जालहरुमा पूर्वराजा ज्ञानेन्द्रका पक्षमा क्रमश चर्चाहरु शुरु गरिएका छन्। राजनीतिक अस्तव्यस्तता, षड्यन्त्र, भ्रष्टाचार, आर्थिक अपारदर्शिता, आर्थिक संकट र महंगो संघीय संरचनाको बोझले थला परेको संघीय गणतन्त्र नेपालविरुद्ध र दलका नेताका विरुद्ध जे बोले पनि जनताको सेन्टिमेण्ट जित्ने अवस्था आइलागेको बेला पूर्वराजा र उनका गतिविधि जनपक्षीय भन्दै प्रचारले तिब्रता पाएको छ।

पूर्वराजा ज्ञानेन्द्रले दशैंको टिका लगाइ दिँदा निर्मल निवासमा भीडभाड बढेको, सर्वसाधरणदेखि मुस्लिम धर्माबलम्बीसमेत राजाको हातको टिका लगाउने निर्मल निवास गएकोजस्ता दृश्यहरु फेसबुक र टिकटकमा भाइरल गराइएका छन्।

कुनैबेला काठमाडौंका मेयर बालेन शाहका बारेमा यसैगरी सामाजिक सञ्जालमा व्यापक प्रचार गराइन्थ्यो। उनलाई परिवर्तनको प्रतिक भन्दै ठूलो कोकोहोलो मच्चाइन्थ्यो। उनको चुनावताका पनि सामाजिक सञ्जालहरु बालेनमय भएका थिए।

तल्लो तहसम्म कार्यकर्ता र संगठन छ भनिएका राजनीतिक दलहरु बालेनका अगाडि निरिह सावित भएका थिए। सामाजिक सञ्जालमै ह्वात्तै बढेको क्रेजले बालेनलाई महानगरको सत्तामा पुर्‍याएको थियो।

धेरै कमलाई मात्र बालेनको सामाजिक सञ्जाल कहाँबाट चलेको भन्ने थाहा छ, राष्ट्रिय अनुसन्धान विभागका एक उच्च अधिकृत भन्छन्,‘मुलुकबाहिरका शक्ति सक्रिय थिए उनका लागि भन्यो भने पनि अहिले कसैले पत्याउँदैन, समयक्रमले देखाउला।’

राजतन्त्रको वकालत गर्दै सामाजिक सञ्जालमार्फत व्यापक प्रचार गर्ने शक्ति चिनेर पनि मौन बस्नुपर्ने बाध्यताका कारण बाहिरबाट र देशभित्रैबाट पनि फेक एकाउण्टहरुको बाढी लागेको पत्ता लगाएर पनि सरकारी संयन्त्रहरु लाचार देखिएका छन्। सत्ता, शक्ति हातमा लिएर पनि निरिहजस्तो बन्नु पर्ने अवस्थामा प्रधानमन्त्री र सरकार पुग्ने हो भने मुलुकमा फेरि अनिश्चितता सहितको उथलपुथल हुन धेरै समय कुर्नु नपर्ला?

पूर्वराजाका पक्षमा अनेक एकाउण्टहरु सक्रिय हुनु, एक हिसावले जनमतलाई नै प्रभावित गर्न खोज्नु र कुशासनका कारण अपमानको बोझ बोकेर थलिएका नेताहरुलाई खुल्याउँदै बरु राजाले देश बचाउँछन् भन्ने भाष्य तयार गर्नु तथा राजा र हिन्दू धर्मलाई जोडेर हिन्दूत्वको बचाऊका लागि राजाको आवश्यकताको हल्ला चलाउनुको श्रृंखलाबद्ध सिलसिलाले मुलुक फेरि अर्को द्वन्द्वमा फस्ने खतरातिर संकेत गरिरहेको छ।

नेपाललाई सन् २०२४ भित्र हिन्दू राज्य घोषणा गराइछाड्ने र त्यसको प्रभावले भारतीय हिन्दू समुदायको एकमुष्ट भोट हासिल गरेर पुन सत्तारोहण गर्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको रोडम्यापबारे नेपालका शीर्ष सबै नेता जानकार छन्।

त्यसैले स्वयं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पार्टीको सचिवालय बैठकमा नेपाललाई हिन्दू राज्य बनाउँदा के फरक पर्छ र? भन्ने प्रस्तावले प्रवेश पाउनुले पनि त्यसलाई पुष्टि गरेको छ। अति हल्ला भएपछि धरानका मेयर हर्क साम्पाङले हिजो फेसबुक स्ट्याटसको बाढी नै लगाए। उनले आफू राजावादी नभएको प्रष्ट्याएमात्र होइन, जनता अब पनि दास बन्नु नहुने धारणा पनि राखे। (हेर्नुहोस् उनका स्ट्याटसका तस्वीरहरु)

राजतन्त्रको वकालत गर्दै सामाजिक सञ्जालमार्फत व्यापक प्रचार गर्ने शक्ति चिनेर पनि मौन बस्नुपर्ने बाध्यताका कारण बाहिरबाट र देशभित्रैबाट पनि फेक एकाउण्टहरुको बाढी लागेको पत्ता लगाएर पनि सरकारी संयन्त्रहरु लाचार देखिएका छन्। सत्ता, शक्ति हातमा लिएर पनि निरिहजस्तो बन्नु पर्ने अवस्थामा प्रधानमन्त्री र सरकार पुग्ने हो भने मुलुकमा फेरि अनिश्चितता सहितको उथलपुथल हुन धेरै समय कुर्नु नपर्ला?




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *