कांग्रेसको चियापनमा शीर्ष नेताको जमघट (तस्वीरसहित)
काठमाडौं। कोजाग्रत पूर्णिमाको अवसर पारेर नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यालय सानेपामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ।

पार्टी सभापति शेरबहादुर देउवालगायत पदाधिकारी र केन्द्रीय सदस्यले आगन्तुक पाहुनालाई समारोहमा स्वागत अभिभादन गरिरहेका छन्। कांग्रेसकाे चियापानमा प्रमुख दलका शीर्ष नेताहरू सहभागी भएका छन्।

चियापानमा प्रधानमन्त्री पुप्षकमल दाहाल, एमाले अध्यक्षा केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, नेताहरु प्रदीप ज्ञवाली, रघुजी पन्त, छविलाल विश्वकर्मा र विष्णु रिमाललगायतका नेता सहभागी भए।

यसैगरी एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललगायतका नेता पनि सहभागी थिए। साे चियापानमा नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तव, नेपालका लागि चीनका राजदूत चेन सोङलगायत कुटनीतिक नियाेगका प्रमुख तथा प्रतिनिधि तथा समाजका विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तिकाे सहभागिता थियाे।

कांग्रेसले बडादशैं, तिहार, नेपाल संवत् र छठलगायत पर्वका अवसरमा कोजाग्रत पूर्णिमाको दिन चियापान आयोजना गरेको हो। बिपी विसं २०३३ पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि कांग्रेसले विसं २०३४ देखि चियापान गर्दै आएकाे छ।



















डिसी नेपाल







Facebook Comment