सिंगापुरविरुद्ध कुशल भुर्तेलको अर्धशतक

डिसी नेपाल
१३ कार्तिक २०८० ११:५९

काठमाडौं। काठमाडौंमा जारी टी-२० विश्वकप एसिया छनोट खेलमा अहिले सिंगापुर र नेपालबीच प्रतिस्पर्धा भइरहेको छ।

सिंगापुरले दिएको १४६ रनको लक्ष्य पछ्याउने क्रममा नेपालका कुशल भुर्तेलले अर्धशतक प्रहार गरेका छन्। उनले विभिजत २९ बलमा ६ चौका र २ छक्काको मद्दतमा ५४ रन बनाएका हुन्।

नेपालले १० ओभरको समाप्तिमा एक विकेट गुमाएर ९४ रन बनाएको छ। नेपालले आसिफ शेख आउट हुँदा कुशल भुर्तेल र रोहित पौडेलको साझेदारीमा ब्याटिङ गरिरहेको छ।

यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनायो। सिंगापुरलाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि अभिनाष बोहोराले ३ विकेट लिँदा सन्दीप लामिछाने, गुल्शन झा र करण केसीले दुई–दुई विकेट लिए।

सिंगापुरका लागि रोहन रेन्गाराजनले सर्वाधिक ४६ रन बनाए भने आर्यविर चौधरीले ३७ र मनप्रित सिंहले २४ रन बनाए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *