गाजामा इन्टरनेट सेवा ठप्प
काठमाडौं । प्यालेस्टिनी कम्पनीले गाजामा ‘सबै सञ्चार साधन ठप्प भएको र इन्टरनेट सेवा अवरुद्ध भएको’ बताएको छ।
पल्टेलले ट्वीटमा भनेको छ, ‘पहिले दिइएको अन्तर्राष्ट्रिय पहुँच फेरि बन्द गरिएको छ ।’ गाजामा रहेको बीबीसीको टोलीले यस जानकारीको पुष्टि गर्ने प्रयास गरिरहेको छ।
यसैबीच, इजिप्टको सीमामा रहेको रफाह नाका गम्भीर घाइते प्यालेस्टाइनीहरूका लागि खोल्न सकिने विश्वसनीय स्रोतहरूबाट समाचारहरू आइरहेका छन्।
बेलायती विदेश मन्त्रालयले गाजामा फसेका बेलायती नागरिकलाई यसबारे जानकारी दिएको बेलायती विदेश मन्त्रालयले जनाएको छ । यद्यपी यसबारे विस्तृत जानकारी भने प्राप्त भएको छैन ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment