‘जन प्रदर्शन’ बारे प्रस्ट्याउन माओवादीले बिशेष पत्रकार सम्मेलन गर्दै

डिसी नेपाल
१६ कार्तिक २०८० ६:४८
12
Shares

काठमाडौं। नेकपा माओवादी केन्द्रले बिशेष पत्रकार सम्मेलनको आयोजना गर्दैछ। सरकारको नेतृत्व गरिरहेको दलले सडक संघर्षमा उत्रिएको भन्दै आलोचना भइरहेको बेला माओवादीले आज बिशेष पत्रकार सम्मेलनको आयोजना गर्न लागेको हो।

पार्टी मुख्यालय पेरिसडाँडामा दिउँसो १ बजे सो पत्रकार सम्मेलन आयोजना गर्न लागिएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ।

सत्ता सहयोगी दल नेपाली कांग्रेसलगायतले माओवादीले गर्न लागेकाे सो प्रदर्शनको आलोचना गरे पछि महासचिव देवप्रसाद गुरुङले ‘जन प्रदशर्न’ नभएर ‘माओवादी रुपान्तरण अभियान’ अन्तर्गत एक कार्यक्रम मात्रै भएको स्पष्टीकरण दिएका थिए। तर, त्यसलाई अझ प्रस्टाउनका लागि आज पत्रकार सम्मेलन गर्न लागिएको बुझिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *