१७ नगरपालिकाले निजी कम्पनीबाट पैसा खाएको बालेनकाे आरोप
काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले निजी कम्पनिले आयोजना गरेको कार्यक्रम बहिस्कार गरेको जनाएका छन्।
मंगलबार आयोजित उपत्यका मेयर्स् फोरमको मासिक बैठक बीचमै छाडेर हिँडेपछि त्यसबारे प्रस्टाउँदै आफ्नाे धारणा सार्बजनिक गरेका हुन्।
‘१७ वटा नगरपालिकाले कुनै प्राइभेट कम्पनीबाट पैसा खाएर बसाएको बैठक बहिस्कार गरेको हो, कसैको अपमान गरेको होइन’ उनले प्रस्टीकरण दिँदै सामाजिक सञ्जालमा लेखेका छन्।
उनले निजी कम्पनिले प्रायोजन गरेको कार्यक्रमप्रति आक्रोश पनि ब्यक्त गरेका छन्। ‘नेताज्युहरुले त देशनै बेच्न खोजिसक्नु भो तर तर काठमाडौं महानगर बिक्रीमा छैन।’
उनले अझ अगाडि लेखेका छन, ‘तपाईंहरुले पुरै देशनै बेच्नु भो भने पनि काठमाडौं एक्लै नेपाल भनेर उभिनेछ।’
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment