नेपाली सेनामा जागिर खुल्यो, २२९ अधिकृत क्याडेटका लागि दरखास्त आह्वान
काठमाडौं। नेपाली सेनामा जागिर खुलेको छ। सैनिक साधारण सेवा समुह अन्र्तगत २२९ जना अधिकृत क्याडेट पदका लागि दरखास्त आह्वान गरेको हो।
सेनाको भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले अधिकृत क्याडेट पदका लागि शुक्रबार सार्बजनिक सूचना जारी गरी आवेदन माग गरेको हो।
नेपाली सेनाका लागि २२९ अधिकृत क्याडेट खुला तथा समावेशी प्रतियोगितामार्फत पदपूर्ति गरिने जनाइएको छ। जसअनुसार सैनिकका सन्तती १२, खुल्लातर्फ १२२, महिला १७, आदिबासी/जनजाति ३३, मधेसी २७, दलित १५ र पिछडिएको क्षेत्रबाट ३ सहित कुल २२९ जना अधिकृत क्याडेट माग गरेको हो।
आजदेखि मंसिर २३ गतेसम्म र दोब्बर दस्तुर बुझाई थप एक हप्तासम्म आवेदन दिन सकिने सेनाले जनाएकाे छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment