बागमती प्रदेश सरकारद्वारा भुकम्प पीडितलाई १ करोड ५० लाख सहयोग

डिसी नेपाल
१८ कार्तिक २०८० १४:५३

काठमाडौं। बागमती प्रदेश सरकारले भुकम्प पीडितहरुलाई तत्कालका लागि १ करोड ५० लाख सहयोग दिने भएको छ ।

गएराति जाजरकोट र रुकुम पश्चिम लगायतका जिल्लामा भूकम्पबाट घाइते भएकाको उद्धार, राहत र पुनर्स्थापनाका लागि बाग्मती प्रदेश सरकारले एक करोड ५० लाख रुपैयाँ आर्थिक सहयोग दिने भएको हो।

बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले शनिबार जारी विज्ञप्ति अनुसार भूकम्पबाट प्रभावितको उद्धार, उपचार, राहत र पुनर्स्थापनाका लागि एक करोड ५० लाख रुपैयाँ उपलब्ध गराईएको छ ।

विपद्को यस घडीमा बागमती प्रदेश सरकार कर्णाली प्रदेश सरकार सँगसँगै रहने जनाउँदै बागमती प्रदेश सरकारले भूकम्पबाट ज्यान गुमाएकाप्रति भावपूर्ण श्रद्धाञ्जलीका साथै शोकाकुल परिवार र आफन्तजनहरुमा गहिरो समवेदना पनि प्रकट गरेको छ ।

घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत सो प्रदेशले गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *