भूकम्प अपडेटः ज्यान गुमाउनेको संख्या १४३ पुग्यो, १६६ घाइते

डिसी नेपाल
१८ कार्तिक २०८० १६:३७
308
Shares

काठमाडौं। भूकम्पमा परी ज्यान गुमाउनेको संख्या १४३ पुगेको छ ।

गए राति जाजरकोटलाइ केन्द्र बनाएर गएको भूकम्प परी हालसम्म १४३ जनाको ज्यान गएको हो भने घाइतेको संख्या १६६ जना पुगेका छन्।

नेपाल प्रहरीका अनुसार जाजरकोटमा मात्रै १ सय ५ जनाले ज्यान गुमाएका छन भने ८१ जना घाइते भएका छन्।

यस्तै रूकुम पश्चिममा ३८ जनाले ज्यान गुमाएका छन भने ८५ जना घाइते भएका छन्।

घाइतेहरूको स्थानिय अस्पताल, सुर्खेत अस्पताल, भेरी अस्पताल र काठमाडौंमा गरी उपचार भइरहेको छ ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *