अपडेटः भूकम्पमा परी ज्यान गुमाउनेको संख्या १५७ पुग्यो
काठमाडौं। भूकम्पमा परी ज्यान गुमाउनेको संख्या १५७ पुगेको छ।
शुक्रबार राति जाजरकोटलाइ केन्द्र बनाएर गएको भुकम्प परी हालसम्म १५७ जनाको ज्यान गएको हो भने घाइतेको संख्या १७० जना पुगेका छन्।
नेपाल प्रहरीका अनुसार जाजरकोटमा मात्रै १ सय ५ जनाले ज्यान गुमाएका छन् भने ८१ जना घाइते भएका छन्। साथै, रूकुम पश्चिममा ५२ जनाले ज्यान गुमाएका छन भने ७८ जना घाइते भएका छन्।
घाइतेहरूको स्थानिय अस्पताल, सुर्खेत अस्पताल, भेरी अस्पताल र काठमाडौंमा गरी उपचार भइरहेको छ।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment