राष्ट्रपति पौडेलले गरे युरोप भ्रमण स्थगित
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो युरोप भ्रमण स्थगित गरेका छन्। भूकम्पका कारण देश असहज अवस्थामा रहेको भन्दै उनले आफ्नो युरोप भ्रमण स्थगित गरेका हुन्।
फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस पिस फोरममा भाग लिन राष्ट्रपति पौडेल २२ कात्तिकमा त्यसतर्फ जाने कार्यक्रम थियो। साथै फ्रान्सबाट जर्मनी र इटालीको भ्रमण गरेर १ मंसिरमा स्वदेश फर्किने कार्यक्रम तय भएको थियो ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment