राप्रपा केन्द्रीय समिति बैठक पुस १ देखि ३ गतेसम्म

डिसी नेपाल
२३ कार्तिक २०८० २०:४१
8
Shares

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ।

बिहीबार काठमाडौंमा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले आगामी पुस १ देखि ३ गतेसम्म काठमाडौंमा केन्द्रीय कार्यसमितिको बैठक बोलाउने निर्णय गरेको राप्रपाले जनाएको छ।

आज बसेको राप्रपाको बैठकले जाजरकोट भूकम्पका बारेमा छलफलका गर्न सर्वदलीय बैठक बोलाउन सरकारसंग माग गर्ने निर्णयसमेत गरेको राप्रपाले जनाएको छ। राप्रपाले भूकम्पबाट घरवार गुमाएकाहरुलाई तत्काल राहत उपलब्ध गराउन पनि माग गरेको छ। उसले राहत वितरणमा एकरुपता नदेखिएको भन्दै सरकारको ध्यानाकर्षणसमेत गराएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *