भूकम्प पीडितलाई घर बनाइदिँदै विप्लव (तस्बिरहरु)
जाजरकोट। नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द श्रमदान गर्न जाजरकोट पुगेका छन्।

अघिल्लो हप्ता जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्प पीडितको वासस्थान बनाउनका लागि उनी जाजरकोट पुगेका हुन्।

जाजरकोटस्थित नलगढ–१ २चिउरीका एकल परिवार कले बिकको घरको पुनर्निर्माण सुरु गरि श्रमदान अभियानको उद्घाटनसमेत गरेका छन्।

नेकपाका महासचिव विप्लव र प्रवक्ता प्रकाण्डले भूकम्प प्रभावित क्षेत्र जाजरकोटको नलगाडमा रहेको चिउरी बस्तीबाट भुकम्प पुनर्निर्माण अभियानको उद्घाटन गरेको पत्रकार प्रकाश डुम्रेले जानकारी दिएका छन्।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment