राष्ट्रपति पौडेलद्वारा गाई पूजा
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले तिहारको तेस्रो दिन आज गाई पूजा गरेका छन्। कार्तिक कृष्ण औँसी अर्थात् गाईतिहारका दिन सोमबार देवी लक्ष्मीको प्रतीकस्वरूप गाईको पूजा गर्ने गरिन्छ।
राष्ट्रपति पौडेलले शीतल निवासमा विधिपूर्वक गाईको पूजा गरी खानेकुरा खान दिएका हुन्। श्रावण शुक्ल पूर्णिमाका दिन हातमा बाँधिएको रक्षासूत्र (डोरो) गाईतिहारकै दिन गाईको पुच्छरमा बाँधिदिने चलन छ। यसो गर्दा मृत्युपछि ‘वैतरणी’ गर्न सहज हुने लोकविश्वास छ।
तिहारको चौथो दिन गोरुपूजा वा गोवर्धन पर्वतको पूजा गर्ने परम्परा छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment