चीनको शांक्सी प्रान्तको एक भवनमा आगलागी, कम्तीमा २६ जनाको मृत्यु

डिसी नेपाल
३० कार्तिक २०८० १४:४२

काठमाडौं । चीनको सरकारी सञ्चारमाध्यमले उत्तरी चीनको शांक्सी प्रान्तमा रहेको एक व्यावसायिक भवनमा भीषण आगलागी भएको जनाएको छ । यस दुर्घटनामा हालसम्म कम्तीमा २६ जनाको मृत्यु भइसकेको छ ।

देशको लुलियाङ सहरमा अवस्थित यस चार तले भवनमा बिहीबार बिहान स्थानीय समयानुसार ७ बजे आगलागी भएको हो ।

त्यसपछि यस भवनबाट दर्जनौं मानिसलाई बाहिर निकालिएको थियो, जसमध्ये ५१ जनालाई अस्पताल लगिएको थियो।

सरकारी सञ्चारमाध्यमका अनुसार आगो नियन्त्रणमा आएपनि राहत र उद्धार कार्य जारी रहेको छ ।

देशको सामाजिक सञ्जाल प्लेटफर्म वेइबोमा राज्य सञ्चालित बेइजिङ युथ डेलीले पोस्ट गरेको भिडियोमा भवनबाट ठूलो आगो र धुवाँ निस्किरहेको देख्न सकिन्छ।

कोइला उत्पादनको हिसाबले चीनको सबैभन्दा ठूलो प्रान्त शांक्सी प्रान्त हो। चीनमा ढिलो सुरक्षा उपायका कारण औद्योगिक दुर्घटनाहरू सामान्य छन्।

अप्रिलमा बेइजिङको एक अस्पतालमा आगलागी हुँदा २९ जनाको मृत्यु भएको थियो । यस वर्षको जुनमा एक रेस्टुरेन्टमा ग्यास चुहावटका कारण भएको विस्फोटमा ३१ जनाको मृत्यु भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *