एक बर्षमा अध्ययनका लागि अमेरिका जाने नेपाली विद्यार्थीको संख्या १५ हजार बढी

डिसी नेपाल
१ मंसिर २०८० ७:३२
40
Shares

काठमाडौं। एकै बर्षमा अमेरिका अध्ययन गर्न जाने नेपाली बिद्यार्थीको संख्या १५ हजार नाघेको छ।

नेपालस्थित अमेरिकी दुतावासका अनुसार गत बर्षमा १५ हजार ९० जना नेपाली बिधार्थी अध्यनका लागि अमेरिका पुगेका छन्।
अन्तर्राष्ट्रिय शैक्षिक एक्सचेन्जबारे सन् २०२३ को ओपन डोर्स रिपोर्ट सार्वजनिक भएलगत्तै अमेरिकी दूतावासले यो जानकारी दिएको हो।

‘उक्त रिपोर्ट अनुसार अमेरिकामा अध्ययन गर्ने नेपाली विद्यार्थीहरूको सङ्ख्या गत वर्ष २७‍‍.९ ले वृद्धि भई १५,०९० पुगेको छ, जुन संख्या हालसम्म कै उच्चतम हो’ अमेरिकी दुतावासले भनेको छ।

शैक्षिक वर्ष २०२२-२०२३ मा १० लाख भन्दा धेरै अर्थात १० लाख ५७ हजार १८८ जना अन्तर्राष्ट्रिय विद्यार्थीहरूको रोजाइमा परेको अमेरिका परेको छ। उसका अनुसार अन्तर्राष्ट्रिय विद्यार्थीहरूको शीर्षस्थ गन्तव्यको रूपमा अझै पनि अमेरिका रहेको जनाउँदै सबैलाई शुभकामना दिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *